फ्रस्ट माइक्रोफाइनान्सको स्वतन्त्र सञ्चालकमा उप्रेती नियुक्त

२९ आश्विन २०८०, सोमबार १२:०४

काठमाडौं । फ्रस्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । कम्पनीले सरीना उप्रेतीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

उक्त कम्पनीको असोज २७ गते शनिबार अपरान्ह ४ः०० बजे बसेको सञ्चालक समितिको २०९ औं बैठकले काठमाडौं महानगरपालिका वडा नं. ३० निवासी उप्रेतीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*