सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा पाण्डे नियुक्त

२९ आश्विन २०८०, सोमबार १२:२८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रवल जंग पाण्डे नियुक्त भएका छन् ।

बैंकको असोज २६ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभापश्चात् सोही दिन अपरान्ह ३ः०० बजे बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, बैंकले सञ्चालक समितिको हेरफेर समेत गरेको छ । बैंकले संस्थापक शेयरधनी (समूह क) को तर्फबाट प्रवल जंग पाण्डे, सजन शर्मा र दिग्विनय विष्ट गरी ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनी (समूह ख) को तर्फबाट सीता कार्कीलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*