हाथवे इन्भेष्टमेन्टमा लगानीकर्ता झुम्मिए, कुनको कति भयो कारोबार ?

२९ आश्विन २०८०, सोमबार १५:०६

काठमाडौं । यो साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आम सर्वसाधारणहरुमा दशैको चहलपहल भएतापनि शेयर बजारका लगानीकर्ताहरुलाई चाँही बजारले निरास बनाएको छ ।

शेयर बजार आज २३ दशमलव ५५ को अंकले घटेर १८५१ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबारमा पनि गिरावट आएको छ ।

शेयर बजार घटेतापनि आज प्रभु बैंकको प्रमोटर शेयर र हाथवे इन्भेष्टमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । प्रभुको ६ करोड २४ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको पाँच करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसका साथै, आज सिटिजन लाइफको तीन करोड ६६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको तीन करोड ५८ लाख र हिजो मात्रै लाभांश पारित गरेको एनआइसी एशिया बैंकको तीन करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*