सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

२९ आश्विन २०८०, सोमबार १५:१४

काठमाडौं । यो साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आम सर्वसाधारणहरुमा दशैको चहलपहल भएतापनि शेयर बजारका लगानीकर्ताहरुलाई चाँही बजारले निरास बनाएको छ ।

शेयर बजार आज २३ दशमलव ५५ को अंकले घटेर १८५१ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबारमा पनि गिरावट आएको छ ।

शेयर बजार घटेतापनि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमा चाँही सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयर प्रतिकित्ता ६८ रुपैयाँले शेयर बढेको छ ।

यसका साथै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ७ प्रतिशत, कालिन्चोक दर्शनको ३.९७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*