बैंकहरुले निक्षेपको व्याज घटाए, कार्तिक १ देखि लागू

३० आश्विन २०८०, मंगलवार ०९:३१

काठमाडौं। विभिन्न वाणिज्य तथा विकास बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन्। कात्तिक १ गतेदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याज दर घटाएका हुन्।

नयाँ महिनामा लागू हुने ब्याज दर अघिल्लो महिनाको मसान्तभित्रै प्रकाशित गरिसक्नु पर्ने नियामकीय व्यवस्था अनुसार बैंकहरुले निक्षेपको व्याजदर घटाएको सूचना प्रकाशित गरेका छन् ।

मंगलबार राष्ट्रय अखबार मै सार्वजनिक सूचना जारी गरेर सबै बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर घटाएको जानकारी दिएका हुन्। यद्यपि एकाध बैंकले अझै व्याज बढाएरै राखेका छन् ।

यसअघि सिण्डिकेट जस्तो सहमतिमा तोकिँदै आएको ब्याज साउन १ गतेदेखि खुला गरिएको थियो । त्यसरी खुला मार्ग पाएपछि अधिकांश बैंकले निरन्तर व्याज बढाइरहेका थिए।

बैंकहरुमा स्थानीय तहको गरी ६ खर्ब रुपैयाँ थुपिदासमेत निक्षेपको ब्याज दर घटाउने प्रयत्न गरेका थिएनन् । अहिले तरलता बढ्दै गएर थप लागतभार खेप्नुपर्ने अवस्था सिर्जना भएपछि बैंकहरु व्याजदर घटाउन बाध्य भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*