उन्नति सहकार्य लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

३० आश्विन २०८०, मंगलवार १०:२७

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट थप एक लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृती पाएको हो ।

लघुवित्तले २०७८ साल चैत १२ गते एफपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । धितोपत्र बोर्डले गत असोज २६ गते स्वीकृति प्रदान गरेको हो ।

लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गर्नेछ । यो एफपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*