विकास बैंकहरुले घटाए ब्याजदर, कुनले कति ?

३० आश्विन २०८०, मंगलवार ११:११

काठमाडौं । कात्तिक महिनाको लागि विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । हालै बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार सबै विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा कात्तिकमा घटाएका हुन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा थुप्रिएको तरलताको कारण कर्जा विस्तार हुन सकेको छैन् । जसकारण बैंकहरुलाई ब्याजदर घटाउनुपर्ने आवश्यकता थियो । निक्षेप ब्याजदरसँगै कर्जाको ब्याजदर पनि घट्दै जान्छ ।

बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ । जसअनुरुप विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*