७.५६ अर्बले घट्यो निक्षेप परिचालन

३० आश्विन २०८०, मंगलवार १४:१८

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ७ अर्ब ५६ करोड (०.१ प्रतिशत) रुपैयाँले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४३ अर्ब ६६ करोड (०.९ प्रतिशत) रुपैयाँले घटेको थियो ।

वार्षिक विन्दुगत आधारमा भने २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप १३.२ प्रतिशतले बढेको छ । २०८० को भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेमको अंश क्रमशः ६.२, २५.९ र ६१.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.७, २६.५ र ५८.८ प्रतिशत रहेको थियो ।

त्यस्तै, २०८० को भदौ समान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ । २०७९ भदौ मसान्तमा यस्तो निक्षेपका अंश ३७.२ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*