एभरेष्ट बैंकको साधारण सभाबाट २०.५३ प्रतिशत लाभांश पारित

३० आश्विन २०८०, मंगलवार १२:४६

काठमाडौं । २०.५३ प्रतिशत लाभांश पारित गर्दै एभरेष्ट बैंकको साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको लैनचौरस्थित एउटा व्याङ्वेटमा भएको २९औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस्तै, गएको आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गरिएको र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन समेत भएको बैंक सञ्चालक समितिले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*