रेमिट्यान्स २२ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो २ खर्व बढी

३० आश्विन २०८०, मंगलवार १३:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९ दशमलव ८ प्रतिशतले रेमिट्यान्स बृद्धि भएको थियो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२ दशमलव १ प्रतिशतले र अमेरिकी डलरमा १७ दशमलव ७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*