बैंक तथा वित्तीय संस्थाबाट साढे ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह

३० आश्विन २०८०, मंगलवार १३:५१

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को भदौ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ० दशमलव ७ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अुसार समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट ३३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ० दशमलव ५ प्रतिशतले बृद्धि भई २४ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । वार्षिक बिन्दुगत आधारमा भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ । सार्वजनिक विवरण अनुसार भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.८ प्रतिशतले, विकास बैंकहरुको ०.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.२ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*