राष्ट्र बैंकले भन्यो-बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन अझै ऋणात्मक (वित्तीयस्थितिको पूर्णपाठसहित)

३० आश्विन २०८०, मंगलवार १३:५३

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति जारी गर्दै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको देखाएको हो । तरलता बढ्दै गएर लागत भार थपिने डरले बैंकहरुले निक्षेपको व्याजदर घटाएका बेला राष्ट्र बैंकले निक्षेप संकलन ऋणात्मक देखाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को दुई महिनाको तथ्याङ्कमा आधारित भनिएको वित्तीय स्थितिमा राष्ट्र बैंकले निक्षेप संकलन ०.१ प्रतिशतले घटेको उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले १.२ प्रतिशतले बढेको देखाएको थियो ।

यो पल्ट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले बढेको र वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

मुद्रास्फीति ८.१९ रहँदा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको देखाइएको छ । आयात ५.१ प्रतिशतले घट्दा निर्यात ७.८ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तै, विदेशी विनिमय सञ्चिति १२ अर्ब १ करोड अमेरिकी डलर रहेको जनाइएको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Two-Month-data-of-2080.81-

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*