शिवम् होल्डिङसले प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै

३० आश्विन २०८०, मंगलवार १४:५२

काठमाडौं। शिवम् सिमेन्टको ८५ प्रतिशत लगानी रहेको शिवम् होल्डिङसले प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेको छ। शिवम् होल्डिङसले यो प्रस्ताव अनुमोदन गराउन कात्तिक २२ गते साधारण सभा बोलाएको छ ।

जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर आईपीओ ल्याउने कम्पनीको प्रस्ताव छ। १ करोड १६ लाख कित्ता आईपीओ बिक्री गर्ने तयारी गर्दा कम्पनीको चुक्ता पूँजी हाल ४ अर्ब ३६ करोड रुपैयाँ छ।

कम्पनीमा शिवम् सिमेन्टको ८५.०२६ र व्यक्तिगत लगानीकर्ताको १४.९७ प्रतिशत शेयर स्वामित्त्व छ। यो कम्पनी २०७८/७९ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*