सिटिजन्स शेयरधनीलाई दशैं दक्षिणा ‘लाभांश’ पठाउने पहिलो बैंक

३० आश्विन २०८०, मंगलवार १५:२४

काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीहरुलाई दशैं दक्षिणा दिएको छ । यो सँगै सिटिजन्स बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा चाँडो शेयरधनीलाई लाभांश पठाउने पहिलो बैंक बनेको छ ।

बैंकले गएको असोज २६ गते साधारणसभा गरी शेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यसै अनुरुप बैंकले मंगलबार शेयरधनीको खातामा लाभांश पठाएको हो। यसबाहेक अन्य केही बैंकले साधारणसभाबाट लाभांश पारित गराइसकेका भए पनि शेयरधनीको खातामा पठाउन ढिला गरेका छन् ।

सिटिजन्स बैंकले भने नवरात्रको तेस्रो दिनमै लाभांश पठाएर शेयरधनीलाई दशैं दक्षिणा दिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*