ब्याजदर घटाएसँगै बैंकहरुको शेयरमूल्य बढ्यो, कुनको कति? (एलटीपीसहित)

३० आश्विन २०८०, मंगलवार १६:३०

काठमाडौं । वाणिज्य बैंकहरुले आज कात्तिक १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् ।

लामो समयदेखि बैंकहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण कम र शेयरमूल्य पनि उत्साहजनक नरहेको पाइएपनि बैंकहरुको ब्याजदरसम्बन्धी सूचनाको कारण दोस्रो बजारमा यसप्रति रौनक देखिन थालेको छ । लगानीकर्तामा उत्साह थपिएसँगै साता काराबारको तेस्रोदिन आज मंगलबार वाणिज्य बैंक उपसूचक १.१० प्रतिशतले बढेको छ भने १९ वटै वाणिज्य बैंकहरुको शेयरमूल्य पनि बढेको छ ।

तीनवटा वाणिज्य बैंकहरुको शेयरमूल्य ५०० रुपैयाँभन्दा माथि रहेको छ । एनआईसी एशिया बैंकको शेयरमूल्य ५१७.२० रहको छ भने त्यसलाई टप्दै नबिल बैंकको शेयरमूल्य ५७२.१० रुपैयाँमा कायम भएको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य ५१६.२० रुपैयाँ रहेको छ भने एभरेष्ट बैंकको शेयरमूल्य ४५९ रुपैयाँमा कायम भएको छ ।

६ वटा वाणिज्य बैंकहरुको शेयरमूल्य २०० रुपैयाँ भन्दा कम रहेको छ । कुमारी बैंकको १५५.७०, प्रभु बैंकको १५६.९०, नेपाल इन्भेष्टमेन्टको १७५, सिटिजन्स बैंकको १७७, प्राइम कमर्सियल बैंकको १८० र लक्ष्मी सनराइज बैंकको १८१ रुपैयाँ शेयरमूल्य रहेको छ ।

मंगलबार सिटिजन्स बैंकको शेयरमूल्य सर्वाधिक २.९१ प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक र माछापुच्छर्ेको शेयरमूल्य क्रमशः २.४८, २.१२, १.६६ र १.४७ प्रतिशतले बढेको छ । सर्वाधिक कम नेपाल एसबिआई बैंकको ०.३३ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*