वाणिज्य बैंकहरुको मुनाफा साढे १६ अर्बमाथि, कुनको कति ?

१ कार्तिक २०८०, बुधबार १०:०४

काठमाडौं । वाणिज्य बैंकहरुले कुल १६ अर्ब ६४ करोड खुद मुनाफा आर्जन गरेका छन् । दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएका हुन् ।

ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै १ अर्ब ७५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै नबिल बैंकले १ अर्ब ५६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड, हिमालयन बैंकले १ अर्ब २३ करोड, र कुमारी बैंकले १ अर्ब १४ करोड खुद नाफा कमाएको छ । यी ५ बैंकले अर्ब बढी खुद नाफा कमाएका हुन् ।

यस अवधिमा नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले भने सबैभन्दा कम खुद नाफा गरेका छन् । यी बैंकको खुद नाफा क्रमशस् २७ करोड २९ लाख र ३७ करोड ६३ लाख रहेको छ । त्यस्तै सिटिजन्स बैंकल ४४ करोड ३१ लाख तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख खुद नफा कमाएको छ ।

अन्य बैंकको खुद नाफा भने ५० करोड माथि रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*