स्वावलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा

१ कार्तिक २०८०, बुधबार १०:२५

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको हो ।

कम्पनीको । असोज ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले हुन आउने लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये १२.३५९९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६५०५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ । हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ । १२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*