बैंक अफ अमेरिका र बोफा जस्ता ‘बिग बैंक’का शाखा धमाधम बन्द गरिंदै

१ कार्तिक २०८०, बुधबार ११:५२

काठमाडौं । बैंक अफ अमेरिकाले २० बढी खुद्रा शाखाहरु बन्द गर्ने योजना बनाएको छ । हालै मात्रै वेल्स फार्गोले १५ अतिरिक्त शाखाहरु बन्द गरेको छ । यि दुबै मेगा बैंहरुले आफ्नो शाखा सञ्चालको आकार घटाउन चाहेको र चुस्त बनाउन चाहेको बताइँदै छ ।

बैंक अफ अमेरिकाले डिजिटल बैंकिङ सेवाको सहायताले आफ्नो कुल शाखा संख्या घटाउने योजना बनाएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कर्मचारीको संख्या घटाउन पनि आफुहरुले यसो गर्न लागेको बैंक अफ अमेरिकाका सीईओ ब्रायन मोयनीहानले विश्लेषकहरुलाई बताएका छन् । अक्टोबर १३ सम्म बैंक अफ अमेरिकाको ३७९७ शाखा थिए ।

ओसीसीको ताजा साप्ताहिक बुलेटिनका अनुसार चार्लोट, उत्तरी क्यारोलिनास्थित बोफाले समेत तटभरी विस्तारित शाखाहरु बन्द गर्नका लागि त्यहाँको मुद्रा नियन्त्रक कार्यालयसँग अनुमति मागेको छ । ५ अक्टोबर मै नियामक निकायमा आवेदन दिइसकेको बताइएको छ ।

त्यसरी बन्द हुनेमा सात वटा क्यालिफोर्निया कै रहेका छन् । जसमा सान फान्सिस्को खाडी क्षेत्रका तीन शाखा समेत सामेल छन् । न्यूयोर्क, कनेक्टिकटमा तीन शाखा बन्द हुन लागेको र पेन्सिलभेनिया, न्यूजर्सी टेक्सस, ओरेगन, विस्किोन्सिन र फ्लोरिडामा रहेका शाखा पनि बन्द गरिने सूचीमा रहेको बताइन्छ ।

बोफा सम्पित्तिका हिसाबले दोस्रो सबैभन्दा ठूलो अमेरिकी बैंक मानिन्छ । आगामी चार वर्षमा ९ नयाँ अमेरिकी शहरमा दोस्रो बैंकिङ प्रणाली विस्तार गर्ने योजनामा रहेको बोफाले ३९ राज्यमा २०० बढी शाखा खोल्ने तयारी गरिरहेको छ । –एजेन्सीको सहायतामा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*