एनएमबि बैंकले पायो २० मिलियन अमेरिक डलर ऋण

१ कार्तिक २०८०, बुधबार १२:११

काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । बैंकले हरित वित्त प्रवद्र्धन र साना तथा मझौला (एमएसएमई) उद्यम लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच अन्टरप्रिनारियल डेभलपमेन्ट बैंक (एफएमओ) बाट उक्त ऋण लिएको हो ।

बैंक र एफएमओबिचको यस साझेदारीमा एफएमओ बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि र बाँकी रकम एमएसएमई विकाश र प्रबर्दनको लागि प्राप्त भएको हो ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*