राष्ट्र बैंकको एकीकृत निर्देशन : बैंकदर ७.५ प्रतिशत

१ कार्तिक २०८०, बुधबार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको व्याजदर (बैंकदर) ७.५ प्रतिशत कायम गरेको छ । संशोधनसहितको एकीकृत निर्देशन २०८० जारी गर्दै राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने कर्जाको व्याजदर अर्थात् बैंकदर ७.५ प्रतिशत कायम गरेको हो ।

मौद्रीक नीतिको कार्यान्वयनका लागि समेत राष्ट्र बैंकले बैंकदरको परिपत्र गरेको हो । बैंक तथा वित्तीय संस्थालाई स्वीकारयोग्य धितोमा ऋण प्रदान गर्दा लिने ब्याजदरलाई बैंकदर भन्ने गरिन्छ । यस्तै, अन्तरबैंक र खुला बजार तथा स्थायी तरलता सुविधाबाट आवश्यक तरलता आपूर्ति हुन नसकेको अवस्थामा राष्ट्र बैंकमा खाता रहेका बैंक तथा वित्तीय संस्थालाई बढीमा ६ महिनाको लागि प्रचलित बैंकदरमा अन्तिम ऋणदाता

सुविधा दिइने भनिएको छ । राष्ट्र बैंकमा अनिवार्य मौज्दात कायम गर्नको लागि राखेको नगद मौज्दात, नेपाल सरकारको सुरक्षणपत्र वा असल कर्जाको धितोमा यो सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७.५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ४.५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दर ६.५ प्रतिशत कायम गरेको छ ।

rastra bank dedcution

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*