सानिमा बैंकको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

२ कार्तिक २०८०, बिहीबार ०८:३१

सानिमा बैंकको वार्षिक साधारण सभा आज बस्दैछ ।बैंकको १९ औं साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सानिमाले यसपटक ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५।७० प्रतिशतनगद गरी कुल १४।७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सभामा यही प्रस्ताव पारित गर्ने एजेन्डा छ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन् ।

साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ । असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् । साधारण सभाबाट अनुमोदन भएपछि लाभांश सेयरधनीको खातामा पाठाउने प्रक्रिया सुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*