सिटिजन्स बैंकका अध्यक्ष पाण्डेले गरे शपथ ग्रहण

२ कार्तिक २०८०, बिहीबार १०:१६

काठमाडौं । सिटिजन्स बैंकका नव–नियुक्त अध्यक्ष प्रवलजंग पाण्डेले शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीद्वारा पद तथा गोपनियताको शपथ गराइएको हो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायतको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रममा बैंकका सीईओ पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाका बारेमा प्रकाश पारेका थिए । अध्यक्ष पाण्डे बैंकको १७ औं साधारण सभापश्चात् बसेको सञ्चालक समितिको बैठकद्वारा उनलाई अध्यक्षमा चयन गरेको थियो ।

यसअघि पनि पाण्डेले बैंकको सञ्चालकका रूपमा चार वर्षको कार्यानुभव बटुलिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*