कामनाको नाफामा छलाङ, पहिलो ३ महिनामै १२ करोड

३ कार्तिक २०८०, शुक्रबार १२:१५

काठमाडौं । कामना सेवा विकास बैंकले पहिलो तीन महिना मै उल्लेख्य नाफा कमाएको छ । प्रोभिजनिङको रकम घटेपछि कामनाले यो आर्थिक वर्षको पहिलो तीन महिना मै ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो पल्ट कामनाले पोहोरभन्दा ७ करोड ८० लाख रुपैयाँले बढी मुनाफा कमाएको छ ।

वैशाखदेखि बैंकको व्यवस्थापन दिनेश थकालीले ह्याण्डल गरेका छन् । यो बीचमा बैंकले प्रोभिजनिङबापतको रकम १६ करोड १३ लाख रुपैयाँ घटायो । प्रोभिजनिङमा बैंकले ९ करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । पोहोर तीन महिनामा यो रकम २५ करोड ६५ लाख रुपैयाँ थियो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा समेत सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.२९ रुपैयाँ रहेको यस्तो आम्दानी अहिले १४.५७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४७.१८ रुपैयाँ छ ।

खराब कर्जाको अनुपात भने यो पल्ट बढेको छ । अघिल्लो वर्ष असोजमा ३.४० प्रतिशत रहेको निष्कृय कर्जा अहिले ३.४८ प्रतिशत पुगेको छ । यो पल्ट खुद ब्याज आम्दानी ४९ करोड रुपैयाँ छ भने स्प्रेड दर ४.६७ प्रतिशतबाट ४.५८ प्रतिशतमा झरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*