सानिमा बैंकले ल्यायो ‘मेड ईन नेपाल’ योजना

३ कार्तिक २०८०, शुक्रबार १३:०७

काठमाडौं । सानिमा बैंकले ‘मेड ईन नेपाल’ चाडपर्व लक्षित योजना ल्याएको छ। सो योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत गरिने भुक्तानीमा विशेष छुट तथा क्यास ब्याकको व्यवस्था गरिएको हो ।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द« तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

यो योजना आश्विन २७ गतेदेखि मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरुले सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४०% सम्मको छुटका साथै बैंकबाट १०% वा अधिकतम रु.३०० सम्मको क्यास ब्याक लाभ लिन सक्नेछन् ।

मर्चेन्टहरुको सूची र छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । यसै गरी, सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरमा विभिन्न छुटहरु प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*