सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष योजना

३ कार्तिक २०८०, शुक्रबार १३:१८

काठमाडौं । सानिमा बैंक र एफवान सफ्ट प्राइभेट लिमिटेडको सहकार्यमा सानिमा सजिला ईबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । बैंकले असोज २८ गतेदेखि मसिंर ०३ गतेसम्म लागु हुने गरी सो योजना ल्याएको हो ।

यस अन्तर्गत, मोबाइल बैंकिङ्ग बाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जना ग्राहकहरु बिजेता बन्न सक्नेछन् । यसमा सहभागी हुनका लागी ग्राहकहरुले न्युनतम रु ५०० को टपअप, रु १०० को डाटा प्याक र रु २०० को रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध गराईएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*