सनिमा, एभेष्ट र सिटिजन्सले शेयरधनीको खातामा पठाए लाभांश, कसको कति प्रतिशत ?

३ कार्तिक २०८०, शुक्रबार १४:३८

काठमाडौं । एभेष्ट बैंक, सनिमा र सिटिजन्स बैंकले शेयरधनीको खातामा लाभांश अर्थात् दशैं दक्षिणा पठाएका छन् । सिटिजन्स बैंक दशैंअघि लाभांश दिने पहिलो बैंक बन्दा एभरेष्ट आफ्ना शेयरधनीलाई दशैंको मुखमा लाभांश दिने दोस्रो बैंक बनेको छ । तेस्रोमा सानिमा बैंकले साधारणसभा गरेकै दिन लाभांश खातामा पठाएको हो ।

वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंकले शेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश खातामा पठाएको छ । एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गरेको छ ।

सानिमा बैंकले कात्तिक २ गते बिहीबार साधारणसभा गरेर शेयरधनीको खातामा लाभांश पठाइदिएको छ । सानिमा बैंकले ९ प्रतिशत बोनस र करसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभाशं वितरण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*