दशैंको दक्षिणाले सहजै किन्न सकिन्छ वाणिज्य बैंकहरुको शेयर, कुनको मूल्य कति ?

४ कार्तिक २०८०, शनिबार ०८:००

काठमाडौं । दशैंअघिको अन्तिम कारोबारको दिन नेप्से झिनो अंकले घटेको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्य सस्तिएको हो ।

साता कारोबारको अन्तिम दिन बिहीबार वाणिज्य बैंक परिसूचक १.२० अंकले बढेर १ हजार २१७ को विन्दुमा कायम भएको छ । बिहीबार वाणिज्य बैंक उपसूचक ०.०९ प्रतिशतले बढेको हो ।

सो दिन वाणिज्य बैंक परिसूचक बढेतापनि अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्य भने घटको छ । बिहीबार कारोबारमा आएका १९ वाणिज्य बैकहरुमध्ये ८ बैंकहरुको शेयरमूल्य बढेको छ भने ९ वटा बैंकहरुको शेयरमूल्य घटेको छ । बाँकीका दुई बैंकहरुको शेयरमूल्यमा भने कुनै परिवर्तन आएको छैन् ।

बाणिज्य बैंकहरुको शेयर दशैंको दक्षिणाले न्यूनतममा १५७.८० रुपैयाँदेखि अधिकतममा ५९० रुपैयाँसम्ममा किन्न सकिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*