सानिमा बैंकका ठू्ला शेयरधनीहरुको कस्को कति छ शेयर ?

३ कार्तिक २०८०, शुक्रबार १७:४४

काठमाडौं । सानिमा बैंकको ठूला सेयरधनीमा विभिन्न १४ व्यक्ति तथा कम्पनी रहेका छन् बैंकमा सबैभन्दा बढी अरुणकुमार ओझाको ९८ लाख ९१ हजार ३२३ कित्ता अर्थात ७।९४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यस्तै टेकराज निरौलाको ८४ लाख ८३ हजार ५५० कित्ता अर्थात ६।८१ प्रतिशत, जिवनाथ लामिछानेको ६८ लाख ६७ हजार २९४ अर्थात ५।५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा सन नेपाल लाइफ इन्स्योरेन्सको ५६ लाख १० हजार अर्थात कित्ता अर्थात ४।५० प्रतिशत, विनय कुमार श्रेष्ठको ५४ लाख ६० हजार ६०९ कित्ता अर्थात ४।३८ प्रतिशत, कर्मचारी सञ्चय कोषको ५३ लाख ३३ हजार ९६० कित्ता अर्थात ४।२८ प्रतिशत, अमला इन्भेष्टमेन्ट प्रालिको ४९ लाख ४७ हजार ३२३ कित्ता अर्थात ३।९७ प्रतिशत रहेको छ ।

यस्तै घनश्याम थापाको ४३ लाख ५७ हजार १७६ कित्ता अर्थात ३।५० प्रतिशत, खेमराज लामिछानेको ४३ लाख ५६ हजार २६५ कित्ता अर्थात ३।५० प्रतिशत, राम कृष्ण शाहको ३१ लाख ५ हजार ८७२ कित्ता अर्थात २।४९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै जय गणेश इन्भेष्टमेन्ट प्रालिको नाममा ११ लाख ८७ हजार १७३ कित्ता अर्थात ०।९५ प्रतिशत, दिलीप श्रेष्ठको नाममा ९ लाख ४५ हजार ६४५ कित्ता अर्थात ०।७६ प्रतिशत, शाम्बा लामाको नाममा ८ लाख ८५ हजार र गीता क्षेत्रीको ७ लाख ८१ हजार ६३५ कित्ता अर्थात ०।६३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*