एभरेष्ट बैंकको साम्राज्य खडा गरेका बिके श्रेष्ठको निधन

८ कार्तिक २०८०, बुधबार १०:३१

काठमाडौं । एभरेष्ट बैंकको साम्राज्य खडा गरेको एभरेष्ट बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएको छ ।मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको हिजो नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

९४ वर्षिय श्रेष्ठ एभरेष्ट बैंकको अध्यक्ष पद नछाडी आफनो अडानमा र्बैंक चलाउने नेपालकै पहिलो सिईओ हुन् ।

श्रेष्ठको शव एभरेष्ट बैंकले नै सञ्चालनमा ल्याएको कम दाउराले शव जलाइने प्रविधि वुडन क्रिमेटरीबा ट भएको थियो। यो वुडन क्रिमेटरी शव जलाउन १०० केजी दाउराले पुग्ने र त्यसक्रममा निस्कने धुवालाई प्रदूषण रहित बनाएर वातावरणमा छोड्ने प्रविधि हो।

श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्षको रूपमा रहेका थिए। २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो। उनले यो कार्यकाल आफ्नो अन्तिम कार्यकाल हुनेसमेत घोषणा गरेका थिए।

ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबिए गरेका थिए। उनी एसबिएल प्रालि भारतका समेत अध्यक्ष थिए। एसबिएल विश्वस्तरीय होमियोपेथी सम्बन्धि औषधि उत्पादक कम्पनी हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*