बेफिनका प्रबन्ध निर्देशक आत्रेयलाई भिक्टोरिया यूनिभर्सिटीको प्रतिष्ठीत अवार्ड

१० कार्तिक २०८०, शुक्रबार १६:३७

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.विनोद आत्रेय भिक्टोरिया यूनिभर्सिटी अलुम्नाइ अवार्डसको ‘लाइफटाइम अचिभ्मेन्ट’द्वारा सम्मानित भएका छन् । अस्ट्रेलियास्थित भिक्टोरिया यूनिभर्सिटीबाट अध्ययन पूरा गरेर विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई अलुम्नाइ अवार्डसको ‘लाइफटाइम अचिभ्मेन्ट’ प्रदान गर्ने गरिन्छ ।

यो अवार्डका लागि २३ जनाको नाम मनोनयन भएकामा आत्रेय पहिलो भए । आत्रेय बैकिङ, फाइनन्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बेफिन) का प्रबन्ध निर्देशक हुन् । बेफिनलाई उनले वाणिज्य बैंक, विकास बैंक र लघु–क्रेडिट संस्थाहरू लगायत विभिन्न वित्तीय संस्थाहरूको समर्थनमा वित्तीय क्षेत्रभित्र क्षमता विकास गर्ने एक अग्रणी संस्थाको रूपमा उभ्याएका छन् ।

बेफिनलाई राइज गर्नुअघि आत्रेय इमर्जिङ नेपाल लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत थिए । उनले बीमा तथा वित्तीय क्षेत्रका धेरै कम्पनीको उच्च ओहदामा बसेर काम गरेका छन् । बैकिङ क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव संगालेका आत्रेयले नेपाल राष्ट्र बैंकमा काम गर्दा बैंकिङ तथा वित्त नियमन, कर्पोरेट योजना र वित्तीय समावेशीकरणको अभ्यासलाई गति दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*