लम्बियो कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद

१२ कार्तिक २०८०, आईतवार १०:०२

काठमाडौं । कुमारी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । पहिलो चरणको निर्धारित समयमा ऋणपत्र बिक्री नभएपछि समय थप गरेर कात्तिक १६ गतेसम्म पुर्याइएको हो ।

उक्त अवधिभित्र मागभन्दा बढी आवेदन परेमा बैंकले जुनसुकै दिनपनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने जनाएको छ । बैंकले कात्तिक २ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । जसमध्ये ३० लाख इकाई बैंकले अन्य संघसस्थालाई बिक्री गर्नेछ भने बाँकी रहेको २० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो । जसबाट ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

बैंकले १० वर्ष अवधिको ‘१० % केबीएल डिबेन्चर २०९०’ जारी गरेको हो । जसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ भने ऋणपत्रमा कात्तिक १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतममा ५ लाख इकाईसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत अनलाईन आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*