नेप्सको साधारण सभा २३ कार्तिकमा, २१ प्रतिशत लाभांश पारित गरिने

१२ कार्तिक २०८०, आईतवार ११:५९

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले लाभांश प्रस्ताव पारित गर्ने गरी वार्षिक साधारण सभा डाकेको छ । नेप्सले कार्तिक २३ गते १०औं वार्षिक साधारण सभा बोलाएको हो ।

यो साधारण सभाबाट २१.०५३ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्ने मुख्य तालिका छ । लाभांश प्रस्तावमध्ये २० प्रतिशत बोनस शेयर भनिएको छ । बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १.०५३ प्रतिशत नगद लाभांश दिने बताइएको छ ।

साधारण सभाबाट पारित हुनासाथ लगानीकर्ताले लाभांश प्राप्त गर्ने छन् । योसँगै नेप्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको तयारी समेत गरेको छ । आईपीओ निष्काशनको प्रस्ताव समेत यसै साधारण सभामा लैजान लागिएको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*