प्रतिनिधि सभाको बैठक बस्दै, बैंकिङ्ग कसुर सम्बन्धी विधेयक प्रस्तुत

१२ कार्तिक २०८०, आईतवार १२:०३

काठमाडौं । सघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, अर्थमन्त्री डा। प्रकाशशरण महतले “बैंकिङ्ग कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, “बैंकिङ्ग कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० प्रस्तुत गर्नुहुने, “भन्सार विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, भन्सार विधेयक, २०८० प्रस्तुत गर्नुहुने, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र ९बिमस्टेक चार्टर० अनुमोदन सम्बन्धी प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*