तिहार अगाडि वाणिज्य बैंकहरुको लाभांश धमाधम आउँदै

१२ कार्तिक २०८०, आईतवार १२:२२

काठमाडौं । तिहार अगाडि वाणिज्य बैंकहरुको लाभांश धमाधम आउँदैछ। दसैँअघि २० वाणिज्य बैंकमध्ये ६ वटाले घोषणा गरेर कतिपयले लाभांश वितरणसमेत गरिसकेका छन्।

लाभांश घोषणा गरेका ६ वटा वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंकले सबैभन्दा बढी लाभांश आफ्ना लगानीकर्तालाई दिने घोषणा गरेको छ। यसले ३०।५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले २९ प्रतिशत बोनस र १।५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

यस्तै एभरेष्ट बैंकको १० प्रतिशत बोनस र १०।५३ प्रतिशत नगदसहित कुल २०।५३ प्रतिशत लाभांश लगानीकर्ताको खातामा गइसकेको छ। लाभांश घोषणा गरेका बैंकहरुको सूचीमा सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंक पनि छन्।

सानिमा बैंकले ९ प्रतिशत बोनस र ५।७० प्रतिशत नगद गरी कुल १४।७० प्रतिशत लाभांश घोषणा गरेको छ। यस्तै माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश घोषणा गरेको छ, जसअन्तर्गत १३।३० प्रतिशत बोनस र ०।७० प्रतिशत नगद रहेको छ।

सिटिजन्स बैंक र सिद्धार्थ बैंकले क्रमशस् ५।७९ प्रतिशत र ४।२१ प्रतिशत लाभांश घोषणा गरेका छन्। तिहारसम्ममा नबिल, ग्लोबल आईएमई, एसबीआई, एनएमबि, चार्टर्ड स्ट्यान्डर्ड, कुमारीसहित १४ बैंकहरुले लाभांश घोषणाको तयारी गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*