दशैंपछि पनि बढ्न सकेन नेप्से, लाभांश दिन लागेको बैंकको शेयरमूल्यमा चर्काे गिरावट

१२ कार्तिक २०८०, आईतवार १६:५८

काठमाडौं । दशैंको कारण नौं दिनपछि आइतबार खुलेको शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेमा २८ अंकको गिरावट आउँदा वाणिज्य बैंक परिसूचक १७.०४ अंकले घटेर १२००.५७ विन्दुमा कायम भएको छ ।

आइतबार वाणिज्य बैंक उपसूचक १.३९ प्रतिशतले घटेको छ । आज वाणिज्य बैंक सेक्टरबाट कुल १९ बैंकहरु कारोबारमा आएका छन् जसमा प्रभु बैंकको शेयरमूल्यमा कुनै हलचल आएको छैन भने बाँकीका १८ वटै बैंकहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

आज सानिमा बैंक, एभरेष्ट बैंक र हिमालयन बैंकको शेयरमूल्य सर्वाधिक क्रमशः २.७७, २.६७ र २.१५ प्रतिशतले घटेको छ । कुमारी बैंकको शेयरमूल्य सर्वाधिक कम १५६.७० रुपैयाँमा कायम भएको छ भने नबिल बैंकको शेयरमूल्य सर्वाधिक ५८१ रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*