मुद्दती निक्षेप लगानीका लागि शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान

१३ कार्तिक २०८०, सोमबार १०:३३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेप लगानीका लागि शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्राधिकरणले कात्तिक १३ गते सोमबार एक सूचना जारी गर्दै शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

प्राधिकरणले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य तथा विकास बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने प्रयोजनका लागि बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी सात दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ ।

शिलबन्दी दरभाउपत्रमा मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा वा नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुमान (सीडी रेशियो) का साथै स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोषको विवरणसमेत खुलाउन सूचनामा उल्लेख गरिएको छ ।

साथै, पेश हुन आएको शिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तिमा १५ दिनको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*