नेपाल बैंकको सिईओ बन्नका लागि १९ जनाको आवेदन, कस्ले मार्ला बाजी ?

१३ कार्तिक २०८०, सोमबार १०:२१

काठमाडौं । नेपाल बैंकको सिईओ बन्नका लागि १९ जनाको आवेदन परेको छ ।

बैंकमा अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका हुन् ।

छनौट समितिले प्रारम्भिक सूची छनौट गरि अन्तरवार्ताका लागि बोलाउने छ । नेपाल बैंकले २१ दिनको म्याद तोकेर सीईओका लागि आवेदन माग गरेको थियो ।

आवेदन दिएकामध्ये प्रताप सुवेदी कृषि विकास बैंकका डेपुटी जनरल म्यानेजर हुन् भने देवेश प्रसाद लोहनी राष्ट्रिय वाणिज्य बैंकका डेपुटी कार्यकारी अधिकृत हुन्। त्यस्तै कृष्ण प्रसाद आचार्य कर्मचारी संचय कोषका पूर्व प्रशासक हुन् ।
यसअघि पनि बैंकको सिईओमा कृष्ण अधिकारी थिए । सिईओ पदको लबिङ प्रकृया सुरु भईसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*