राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १७ करोड लगानी गर्दै

१३ कार्तिक २०८०, सोमबार १०:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य तथा सिकास बैंक र फाइनान्स कम्पनीहरुमा निक्षेप राख्न प्रस्ताव आह्वान गरेको छ । केन्द्रीय बैंकले १७ करोड ६७ लाख रुपैयाँ बराबरको निक्षेपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव मागेको हो । १४ कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाले लगानी लिन चाहेको रकम र दिन चाहेको व्याज उल्लेख गरी आवेदन दिइसक्नु पर्नेछ ।

लगानीको अवधि एक वर्ष अर्थात् तीन सय ६५ दिन रहेको छ । राष्ट्र बैंकले २०८० मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म निक्षेप राख्न लागेको छ । लगानीका लागि छुट्याएको कुल रकममध्ये वाणिज्य बैंकमा १४ करोड १४ लाख रुपैयाँ, विकास बैंकमा दुई करोड ६५ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ८८ लाख रुपैयाँमा वर्गीकरण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार लगानीका लागि त्यसरी प्रस्ताव पेश गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हनुपर्ने र तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत अथवा त्यसभन्दा बढी भएको हुनुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*