कुमारी बैंकको १ लाख १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१३ कार्तिक २०८०, सोमबार १३:४५

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आज कात्तिक १३ गतेबाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आइपुग्ने गरी खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाई आवेदन दिनुपर्नेछ । शेयर भाउ भने बिक्रेताले तोकोबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*