बैंक तथा वित्तीय संस्थाबाट ५० खर्ब रुपैयाँ कर्जा प्रवाह

१३ कार्तिक २०८०, सोमबार १३:०५

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पहिलोपटक ५० खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ५० खर्ब नाघेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।भदौ मसान्तसम्म बैंक वित्तीय संस्थाबाट ४९ खर्ब १३ अर्ब कर्जा प्रवाह भएकोमा असोजभरमा ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ ।

वित्तीय क्षेत्रको कुल प्रवाहमध्ये ४४ खर्ब २६ अर्ब वाणिज्य बैंकबाट प्रवाह भएको छ भने अन्य वित्तीय संस्थाबाट ५ खर्ब ७४ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

असोज मसान्तसम्ममा बैंक वित्तीय संस्थामा कुल निक्षेप ५९ खर्ब १५ अर्ब नाघेको छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ५२ खर्ब २३ अर्ब छ भने अन्य वित्तीय संस्थामा ६ खर्ब ९२ अर्ब रुपैयाँ छ ।असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.७४ प्रतिशतमा झरेको छ भने अन्तरबैंक ब्याजदर १.९९ प्रतिशत छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*