बैंकहरुको आधारदर घट्यो, कुन बैंकको ब्याज कति सस्तो र मंहगो ?

मंसिरमा बैंकहरूको आधार दर थप घट्ने
१३ कार्तिक २०८०, सोमबार १४:५८

काठमाडौं कात्तिक महिनामा वाणिज्य बैंकहरूको औसत आधारदर ०।०२ प्रतिशतले घटेको छ । हालसम्म १३ बैंकहरूले आधार दर सार्वजनिक गरेका छन्। बैंकहरूको औसत आधार दर १०।१२ प्रतिशतबाट घटेर १०।१ प्रतिशत भएको छ। आधारदर एकल अंकमा अझै पुग्न नसकेको तथ्यांकले देखाएको छ ।

यी १३ मध्ये ९ वटा वाणिज्य बैंकको आधार दर घटेको छ भने दुई वटाको वृद्धि भएको छ। बाँकीको स्थिर छ।

एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएको कारण आधार दर केही वृद्धि भएको हो। यससँगै कर्जाको ब्याजदर न्यूनतम ९।९५ देखि १५।८३ प्रतिशतसम्म कायम भएको छ। बैंकहरूले कर्जामा अधिकतम १२ प्रतिशतदेखि १५।८३ प्रतिशतसम्म ब्याजदर लिने भएका छन्। बैंकहरूले कर्जामा आधार दर सहित एकदेखि पाँच प्रतिशतसम्म प्रिमियम तोकेका छन्।

राष्ट्र बैंककाअनुसार गत भदौसम्ममा भने बैंकहरूको कर्जाको औसत ब्याजदर १२।२३ प्रतिशत छ। यस्तो औसत ब्याजदर १३।०३ प्रतिशतसम्म पुगेको थियो।बैंकहरूले कात्तिकको लागि निक्षेपको अधिकतम ब्याजदर थप घटाएका छन्। यसले मंसिरमा बैंकहरूको आधार दर थप घट्नेछ।

कात्तिकको लागि ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये दुई वटाले बाहेक सबैले मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका छन्।बैंकहरूले कात्तिकमा राखिने मुद्दती निक्षेपमा अधिकतम ११।००३ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। असोजमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११।०५ प्रतिशत ब्याजदर दिएका थिए।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*