हिमालयन बैंकको शेयर विवाद अदालत पुग्यो, के भन्छ बैंक ?

१३ कार्तिक २०८०, सोमबार १७:१७

काठमाडौं । हिमालयन बैंकको विवाद अदालत पुगेको छ । मर्जरमा जाँदा नै विवादमा परेको बैंकका संचालकबीच शेयरको बिषयमा कुरा भई नैरहेको थियो । बैंकका संचालकले आफूहरुलाई चित्त नबुझेको भन्दै अदालती प्रकृयामा गएको जानकारी दिएका छन् ।

बैंकका स्रोतका अनुसार १५ बाट २७ र पुन बढाउदै लाने प्रकृयामा लग्ने बिषयमा रहेको पाइएको छ। मर्जरपछिको समयमा हामीले प्रकृयामा रहेर काम गरीरहेका थियौं । समय अझै बाँकी नै थियो बढाउने तर उहाँहरुले आजै चाहिन्छ भन्नुभएको कारण यस्तो गुनासो आएको बैंकका एक अधिकारी बताँउछन् ।

सर्वसाधारण सेयरधनीको अनुपात राष्ट्रबैंकको नियमअनुसार ३० प्रतिशत पु¥याएरमात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो ।
हिमालयन बैंकको कुल सेयर पुँजीमा सर्वसाधारण सेयरधनीको अनुपात हाल २७ प्रतिशतमात्रै छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण सेयर अनुपात कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हुने गरी बैंकको पुँजी संरचनालाई व्यवस्थित गरेरमात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट सञ्चालक चयन गर्न भन्दै हालका सञ्चालकमध्येका एकले मुद्दा दायर गरेका हुन् ।

मुद्दामा बैंकका केही निहित स्वार्थ भएका सञ्चालकले सर्वसाधारण सेयरधनीका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोपसमेत लगाइएको छ । यसअघि पनि हिमालयन बैंकको सञ्चालक विवाद पटक–पटक अदालत पुगेको थियो ।

हिमालयन बैंकमा स्थापना कालदेखि नै निजी क्षेत्रबाट ४ वटा समूह संस्थापक सेयरधनी मनोजबहादुर श्रेष्ठ, प्रेमप्रकाश खेतान, हिमालयशमशेर राणा र हविव बैंक अफ पाकिस्तानका प्रतिनिधि सलिम अम्लानी छन् । यी चार संस्थापक सेयरधनीबाहेक कर्मचारी सञ्चय कोष तथा सर्वसाधारण सेयरधनी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*