बीमा प्राधिकरणद्धारा कार्तिक मसान्तसम्म बाल बीमा पोलिसी खुल्ला गर्ने निर्णय

१३ कार्तिक २०८०, सोमबार २०:४९

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले हाल बन्द रहेको बाल बीमा पोलिसी जारी गर्ने कार्य यही कार्तिक मसान्तसम्म खुल्ला गर्ने निर्णय गरेको छ । प्राधिकरणका उप निर्देशक राम कोजुले आज सबै जीवन बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा गत असोज २३ गतेदेखि बन्द गरिएको बाल बीमा पोलिसी कार्तिक मसान्तसम्म जारी गर्न पाउने गरी खुल्ला गरिएको हो ।

नियामक निकाय बीमा प्राधिकरणले कार्तिक समान्त अर्थात मंसिर १ गतेदेखि बाल बीमा पोलिसी जारी गर्न नपाउने जनाएको छ । नियामक निकायले बाल बीमा पोलिसीभित्रका विकृति तथा यसभित्रका विभिन्न समस्याका कारण बाल बीमा पोलिसीमाथि रोक लगाउने निर्णय गरेको थियो ।

हाल बन्द रहेको बाल बीमा पोलिसी आजैबाट खुल्ला भएको छ भने कार्तिक मसान्तसम्म बाल बीमा पोलिसी जारी गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*