सिद्धार्थ बैंकको वार्षिक साधारण सभा मंसिर ५ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

१४ कार्तिक २०८०, मंगलवार ०७:२२

सिद्धार्थ बैंकले लाभांश पारित गर्न साधारण सभा डाकेको छ। बैंकले मंसिर ५ गते बाईसौँ वार्षिक साधारण सभा डाकेको हो।बैंकको सो सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ।

सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले हाल कायम चुक्ता पूँजीको ४।२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश ९कर प्रयोजन सहित० वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*