डिम्याट खाता नवीकरण गर्न ज्योति विकास बैंकको आग्रह

१४ कार्तिक २०८०, मंगलवार १०:१७

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको हो ।

डिम्याट खाता खोलेपछि प्रत्येक आर्थिक वर्षमा खाता सञ्चालन बापतको शुल्क भुक्तानी गर्नुपर्ने ब्यवस्था रहेको छ । सोही व्यवस्थाबमोजिम बैंकले नवीकरण गर्न बाँकी रहेका ग्राहकलाई नवीकरण शुल्क आफूलाई नजिक पर्ने शाखा वा कनेक्ट आईपीएस, इसेवा, खल्ति, आइएमईपे आदिको माध्यमबाट रकम भुक्तान गरी मंसिर १५ गतेसम्म डिम्याट नवीकरण गर्न आग्रह गरेको छ ।

उक्त समयावधिभित्र डिम्याट खाता नवीकरण नगरेमा शुल्क भुक्तानी नभएसम्मका लागि खाता फ्रिज गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*