चाबहिल शाखाको लकर स्थानान्तरण गर्दै ग्लोबल आइएमई बैंक, संवेदनशिल सामान निकाल्न आग्रह

१४ कार्तिक २०८०, मंगलवार ११:५४

काठमाडौं । ग्लोबल आइएमई बैंकले चाबहिल शाखामा रहेको लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ७ के.एल. टावरस्थित चाबहिल शाखाको लकर स्थानान्तरण गर्न लागेको हो ।

बैंकले उक्त चाबहिल शाखाको लकर सोही वडाको चाबहिल सेन्ट्रल प्लाजामा रहेको भवनको पहिलो तल्लामा स्थानान्तरण गरी कात्तिक २६ गते आईतबारदेखि नियमित सेवा प्रदान गरिने जनाएको छ ।

सो लकर स्थानान्तरण गर्दा लकरमा भएको सामान टुटफुट हुन सक्ने भएकाले बैंकले लकरमा त्यस्तो संवेदनशिल सामान भएका ग्राहकलाई कात्तिक २३ गतेभित्र सामान झिक्न आग्रह गरेको छ । अन्यथा लकर सार्दा सामान टुटफुट हुन पुगेमा बैंक जिम्मा नरहने समेत सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*