पाँच करोडसम्म ऋण लिएका व्यवसायीले पुस मसान्तसम्म कर्जा पुनरतालिकीकरण गर्न सक्ने

१४ कार्तिक २०८०, मंगलवार १२:३६

काठमाडौं । पाँच करोड रुपैयाँसम्म ऋण लिएका व्यवसायीले १० प्रतिशत ब्याज तिरेर पुस मसान्तसम्म कर्जा पुनरतालिकीकरण गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

बैंकले सूचनामार्फत बैंक तथा वित्तीय संस्थाबाट होटल तथा रेष्टुरेन्ट, पशुपन्क्षीपालन, निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा वा रु. पाँच करोडसम्म अन्य कुनै पनि क्षेत्रको व्यवसायका लागि कर्जा लिएकाहरुले गत वर्षको चैत मसान्तमा कर्जाको भाखा नाघेको ९० दिनभन्दा बढी नभएको खण्डमा आफूले लिएको कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचनाको लागि कर्जा लिएको संस्थासमक्ष अनुरोध गर्न सकिने जनाएको छ ।

यसका लागि बुझाउन बाँकी ब्याजको कम्तिमा १० प्रतिशत रकम बुझाई व्यवसायको नगद प्रवाह तथा आम्दानीको विश्लेषण गरी कर्जा चुक्ताको योजना पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

साथै, यो विशेष व्यवस्था २०८० पुष मसान्तसम्म मात्र लागू हुने बैंकले स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*