साउन महिनामा वाणिज्य बैंकका शेयरधनीहरुले कति गरे आम्दानी ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एभरेष्ट बैंकको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४४ पैसा रहेको छ।साउनमा एभरेष्टले ३६ करोड ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा, एनआइसी एसिया बैंकको प्रतिशेयर आम्दानी धेरै देखिएको छ । बैंकको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ३३ पैसा छ ।
बैंकले साउनमा ३८ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।
सबैभन्दा धेरै मुनाफा भने ग्लोबल आइएमई बैंकले आर्जन गरेको छ । यसले ९९ करोड २३ लाख नाफा आर्जन गरेको हो। बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७७ पैसा रहेको छ ।
सबैभन्दा कम प्रभु बैंकको प्रतिसेयर आम्दानी देखिएको छ ।बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २७ पैसामात्र रहेको छ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनामै साढे ८ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा २० वटा वाणिज्य बैंकहरुले कुल ८ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यस अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा भने नेपाल एसबीआई बैंक रहेको छ ।
यसले १६ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ५९ पैसा रहेको छ ।