सात वाणिज्य बैंकको लाभांश घोषणा, १२ ले कहिले घोषणा गर्ला ?

१५ कार्तिक २०८०, बुधबार ११:३५

काठमाडौं । सात वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन् । यी बैंकमध्ये माछापुच्छे, एभरेष्ट, एनआईसी एशिया, सानिमा र सिटिजनले साधारणसभा समेत सम्पन्न गरि लाभांश पारित समेत गरिसकेका छन् ।

कुल २० वाणिज्य बैंकहरूमध्ये हालसम्म लाभांश वितरणको घोषणा गरेका सात बैंकहरूमध्ये उच्च लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक बनेको छ । विगत दुई बर्षदेखि लाभांश दिन नसकेको बैंकले यो बर्ष लगानीकर्ताहरुलाई हर्षित बनाएको छ ।

बैंकले अधिकतम ३०.५२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश दिने भएको हो।
स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत नगद लाभांश, एभेष्ट बैंकले १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

सानिमा बैंकले ९ प्रतिशत बोनससहित कुल १४.७ प्रतिशत, माछापुच्छेले १३.३ प्रतिशत बोनससहित कुल १४ प्रतिशत सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लाभांश दिन बाँकि रहेका बैंक

२० वाणिज्य बैंक मध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर सेयर जारी नगरेका कारण अब १२ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश घोषणा गर्न बाँकी रहेका वाणिज्य बैंकमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, एसबिआई बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*