केवाईसी अद्यावधिक गर्न महालक्ष्मी विकास बैंकको आग्रह

१५ कार्तिक २०८०, बुधबार १२:५९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले केवाईसी ( ग्राहक पहिचान विवरण) अद्यावधिक गर्न आग्रह गरेको छ ।

केवाईसी अद्यावधिक नगराएका ग्राहकले अद्यावधिक नगरेसम्म कारोबार गर्न नमिल्ने बैंकको नीतिगत व्यवस्था रहेको जानकारी गराउदै बैंकमा खाता खोलि हालसम्म पनि केवाईसी अद्यावधिक नगराएका ग्राहकलाई एक सूचना जारी गर्दै बैंकले अद्यावधिक गर्न भनेको हो ।

साथै, अद्यावधिक गराएका ग्राहकको विवरणमा परिवर्तन भएमा सोही बमोजिम ग्राहक पहिचान विवरण उपलब्ध गराउनसमेत बैंकले आग्रह गरेको छ । ग्राहकले आफूलाई सहज पर्ने जुनसुकै शाखामा गई अद्यावधिक गराउन सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*